जसपाले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीहरुको नाम

सामान्य प्रशासन मन्त्रीमा श्रेष्ठ यथावत् रहने

जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले जानकारी दिए ।

जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेका छन् । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार