आर्थिक विकास नभएसम्म देशको स्वाभिमान उच्च हुँदैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म देशको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आइतवार भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।

उनले कृषि उपजमा अर्बौँ रुपैयाँको आयातले देशको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गरिन । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकोप्रति प्रशंसा गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार