वर्षासँगै चलेको हावाहुरीले लाखौँको क्षति

वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पु¥याएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पु¥याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले बताए ।

जिल्लाभर मुख्यबालीका रुपमा लगाइने मकै खेती लगाउने गरिएको तर हावाहुरीले उत्पादन दिनै नसक्ने गरी मकैको बोट ढलेको किसानले बताएका छन् । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् । मकैमा क्षति पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) का युवा नेता तामन राईले बताए ।

हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङसमेत लडाएको जनाइएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी आउन बाँकी रहेको जानकारी दिए । दुर्छिमको चुमाखु, रातमाटेलगायत ठाउँमा लगाइएको मकैबाली हावाहुरीले ढालेर जमिनमा मिलाएको पाइएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबुलगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए ।

हावाहुरीले मकैमा पु¥याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए । मकै सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाको प्रमुख बाली हो । वर्षासँगै चलेको हावाहुरीले अन्नबालीमा प¥याएको क्षतिबारे अनुगमन समिति गठन गरेर स्थलगत अध्ययनपछि कृषकलाई राहत उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख विमला राईले बताए । “वर्षासँगै चलेको हावाहुरीले नगरपालिकावासी किसानको लाखौँ क्षति भएको छ”, उनले भने, “उनीहरूलाई राहत दिलाउन अनुमगन समिति गठन गरेर स्थलगत अध्ययन गर्ने तयारी भइरहेको छ ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष लामो समयको खडेरीले मकैको बोट सुकेपछि उत्पादनमा गिरावट आएको थियो । मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेतीमात्र हुने सुख्खाग्रस्त क्षेत्र हलेसीमा लामो समयको खडेरीले असर गरेपछि नगरवासीमा भोकमरी भएको थियो । खानेपानीसमेत आकाशबाट झरेको वर्षाद्को पानी सङ्कलन गरेर उपभोग गर्दै आएका हलेसीका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न सहर पसेका थिए । खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई नगरपालिकाबाट राहत अनुदान वापत रु एक करोड ४० लाख बजेटबाट विनियोजन गरेर खाद्यान्न वितरण गरिएको थियो ।

वर्षासँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको किसानले बताएका छन् । हावाहुरीले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार