सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि सहभागी

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक सिंहदरबारमा बसेको छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बसेको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बैठकको छलफल कोरोना महामारीको अवस्था र नियन्त्रणको प्रयासका लागि भइरहका काम र गर्नुपर्ने पहलबारे केन्द्रित छ । सरकारले आन्तरिक रुपमा पहलसँगै अन्तर्राष्ट्रिय सहयोगका लागि पनि काम भइरहेको बताएको छ ।

प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार