नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजको लागि सकिएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठक आजको लागि सकिएको हो।
बैठक भोलि बिहान ११ बजे पुन बस्नेछ। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्।
बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।