प्रचण्डको दस्तावेज : गाउँमा माओवादी बलियो, काँग्रेस कमजाेर(पूर्णपाठ)

समाजवादी मोर्चा निर्माणको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। उनले पछिल्ला समसामयिक घटनाक्रम, गठबन्धन र आगामी निर्वाचनको तयारीबारे समेटेर दस्तावेज बैठकमा पेश गरेका हुन्।

उनले आफूहरू गठबन्धनप्रति इमान्दार भए पनि पार्टीभित्रकै अन्तर्घातले समस्या भएको समेत औँल्याएका छन्। प्रचण्डको दस्तावेजमा भनिएको छ, ‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरूबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ।’

स्थानीयस्तरमा अन्तरविरोध तथा नेतृत्वमा अहत्वाकांक्षाका कारण कमजोरी पनि भएको उल्लेख गरेका छन्। उनले विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक नै मान्नुपर्ने बताएका छन्।

उनले गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले बढी गर्दा भागबण्डामा समस्या भएको र जसपा आफ्नो पकड भएको ठाउँमा गठबन्धनप्रति इमान्दार नभएको बताए।

‘आगामी योजना नयाँ संविधानअन्तर्गत दोस्रोपटक संघीय एवं प्रादेशिक निर्वाचन अब केही महिनामै हुँदैछ। स्थानीय तहको शक्तिमा बदल्न चाहने शक्तिहरू स्वयं राम्रोसँग पराजित भएका निर्वाचनमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त छन्’ उनले भने, ‘माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट संकेत देखिएको छ । ’ प्रचण्डले समाजवादी मोर्चा निर्माणको प्रस्ताव समेत गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार