अन्तर्घात र काँग्रेसका कारण लक्ष्य अनुसार नतिजा प्राप्त गर्न सकेनौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट र गठबन्धनबाट भएको अन्तरघातका कारण स्थानीय निर्वाचनमा लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताए ।माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए ।

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘काँग्रेसलगायतका गठबन्धनका दलहरु फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

सम्बन्धित समाचार