प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो ।

प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार