९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ । केही दिनदेखि क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य आज ह्वातै बढ्न गएको हो । शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले वृद्धि भएर एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार