भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

भारतले संयुक्त राज्य अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग ले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको पक्षपाती र गलत टिप्पणी आलोचना गरेको छ । भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ । ‘हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ)सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणीहरू उल्लेख गरेको देखेका छौं,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा सो कुरा भनेका छन् ।’यी टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ।’ शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोग ‘भारत सरकारको आलोचनात्मक आवाजहरू – विशेष गरी धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित छ।’ भनिएको छ ।
प्रवक्ता बागचीले भनेका छन् -‘दुस्खको कुरा आयोगले आफ्नो एजेन्डा अनुसार आफ्नो कथन र प्रतिवेदनहरूमा बारम्बार तथ्यहरूलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यहरूले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार