एमाले केन्द्रीय सचिवालयको बैठक जारी

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको छ ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक/राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार