केएमसी विद्यालयमा तनाव, डिजिटल बोर्ड तोडफोड

विद्यालयभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी विद्यालयमा तनाव भएको छ ।आक्रोशित समूहले गरेको ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार