बिहारमा गुडिरहेको रेलमा आगलागी

काठमाडौं । भारतको बिहारमा गुडिरहेको एउटा रेलमा आगलागी भएको छ ।भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमावर्ती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आइतबार बिहान आगलागी भएको हो । तर रेलमा आगलागी भएता पनि मानवीय क्षति भने भएको छैन् ।

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बामा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । सोही रेलको इन्जिनमा आगलागी कसरी भयो भन्ने कारण भने खुलिसकेको छैन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार