पर्खाल भत्किँदा एक मजदुरको मृत्यु

डोल्पा । डोल्पाको शेफोक्सुण्डो गाउँपालिका–३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका–७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार