चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।

आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागिपर्ने बताए । उनले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार