बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी महासंघे आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको बजार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत साताको शक्रुबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम थियो ।

यसका साथै, आज १० ग्राम छापावाल सुनको मूल्य तोलामा ८३ हजार ५९० रुपैयाँ कायम छ । यसैगरी, १० ग्राम तेजाबी सुनको मूल्य प्रतितोला ८३ हजार १६० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ ।

पछिल्लो समय निरन्तर घट्दै आइरहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १ हजार २१० रुपैयाँ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार