काठमाडौं उपत्यकामा एकैदिन २ हजार बढी सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार