चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्शकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १(० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । यो कोरोना भाइरस संक्रमण महामारीको १४ महिनायता इंग्लिस खेलकुदमा सबैभन्दा बढी दर्शकको उपस्थिति हो ।

लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । ८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

लेस्टरले पाँच वर्षअगाडि सनसनीपूर्ण रूपमा इंग्लिस प्रिमियर लिग जितेको थियो । अहिले पाँचौं पल्टको प्रयासमा एफए कप जित्न सफल रह्यो । लेस्टर यसअघि चारचोटि एफए कपको फाइनलमा पुगेको थियो । यसमध्ये अन्तिम अवसर ५२ वर्षअगाडि थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार