खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर १९ वर्षीय सुशीलाको मृत्यु

 

कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताएका छन् ।

बिहान खेतमा धान रोप्न गएकी थारूलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार