ओलीले सरकार र पार्टी मनपरि ढंगले चलाउन खोजेको खनालको आरोप (भिडियो)

ओलीकै कारण मुलुक अस्थिरताको भूमरिमा फसेको उनको तर्क

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीलाई मनपरि ढंगले चलाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा उनले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरि ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाएका हुन् ।

विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफूहरुलाई मान्य हुन नसक्ने उनले बताए ।

ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको भन्दै गुटलाई प्रश्रय दिएको उनले जिकिर गरेका छन् । खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाए । उनले संसद विघटन गर्ने असंवैधानिक कदमका कारण मुलुक अस्थीरताको भूमरिमा फसेको तर्क गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार