पाँचथरमा पहिरोको अपडेट पुरिएका ३ जनामध्ये एक जनाको शव फेला पर्‍यो

पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । गए राति सवा १० बजेतिर सिदिन बजार नजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । आज बिहान रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार