थाइल्यान्डबाट आएका यात्रुको सुटकेसको ह्‌यान्डल नै सुनको भेटिएपछि…

शुक्रबार थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ । नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्‌यान्डल साइडको भित्र पटिेट शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको हो । उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ । घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार