ओन्टारियोविरुद्ध नेपालकाे सानदार जित

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ ।शुक्रबार राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको हो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो ।ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे । यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए ।

नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २र२ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै आसिफ शेखले ४२ रन जोड्दा देव खनालले २७ रन बनाए । बसिर अहमेदले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रन जोडे । कुशल भुर्तेलले १३ रन जोडे भने आदील आलम १० रन अविजित रहे ।

ओन्टारियोको शील पटेलले ३ विकेट लिए । क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार