भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय जेठाजुले आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार