सरकारविरुद्ध राप्रपाले निकाल्यो मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस निकालेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपबाट राप्रपाले मसाल जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमै मल, बीउ उपलब्ध गराइनुपर्नेलगायत जनजीविकासँग सरोकार राख्ने मुद्दाहरुका साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदुढीकरण, सुशासन र समृद्धिसँग सम्बन्धित माग सरकारसमक्ष पेस गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार