एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

उनका अनुसार आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० वैशाखको स्थानीय चुनावमा पराजय भोगेको एमालेले एक महिनापछि सचिवालय बैठक राखेको थियो ।

३० जेठमा सचिवालय बैठक बसेपछि अर्को बैठक बोलाएको थिएन । स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले गरेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार