काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीले गर्‍यो लछारपछार (भिडियाेसहित)

काठमाडौंको बालुवाटारको सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ। शुक्रबार बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्। यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न नपाउने बताएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार