रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । शुक्रबार लामिछानेलाई आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । उक्त पार्टीले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको छ ।

पार्टीको नामकाविरुद्धमा परेका २ उजुरी आयोगले खारेज गर्दै मागेकै नाममा पार्टी दर्ता गरिदिएको हो । ऐनमा कतैपनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार