करेन्ट लागेर घाइते भएका कामदारको हेलिकप्टरबाट उद्धार

बैतडीमा करेन्ट लागेर घाइते भएका एक कामदारको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिनेमा काठमाडौं टोखा नगरपालिकाका–४० वर्षीय सुमनविक्रम शाह रहेका छन्।

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका शाहलाई बझाङबाट स्कोर्पियोमार्फत खोडपे पुर्‍याइएको थियो। उनलाई आज दिउँसो १ बजे बैतडीको खोडपेबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार