इङ्ल्यान्डले टस जितेर बलिङ रोज्यो, बुमराहले भारतको कप्तानी गर्दै

काठमाण्डौ – भारतसँगको पाँचौँ तथा अन्तिम टेस्टमा इङ्ल्यान्डले पहिला बलिङ गर्दैछ । बर्मिङघममा टस जितेर इङ्ल्यान्डले बलिङ रोजेको हो ।

भारतको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । योसँगै कप्तानीमा बुमराहको डेब्यु हुनेछ । नियमित कप्तान रोहित शर्मालाई कोरोना सङ्क्रमण देखिएपछि तीव्र गतिका बलरले टिमको नेतृत्व गर्न लागेका हुन् । ३५ वर्षपछि पहिलो पटक भारतीय टिमको नेतृत्व तीव्र गतिका बलरले गर्न लागेको हुन् । यसअघि सन् सन् १९८७ मा कपिल देवले भारतीय टिमको नेतृत्व गरेका थिए ।

पाँच खेलको शृङ्खलामा भारत दुई–एकले अघि छ ।गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना सङ्क्रमण देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार