भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु

भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ ।

भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसै गरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुरसहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताइएको छ ।

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ । जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो ।

भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार