अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने

काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन् ।हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् ।

सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन् ।कन्सर्ट आयोजक ब्रेनसर्भिसका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको छ । काँकडभिट्टा कन्सर्टबारे निर्णय भइसकेको छैन ।

ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनका अनुसार अर्थर गनसहित स्थानीय ब्यान्डले पनि प्रस्तुति दिनेछन् । नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा यसलाई अघि बढाउने तयारी समेत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार