नबिल बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् । आजबाट ढुंगानाले कार्यभार सम्हालेका हुन् । नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो ।

एनबीलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैङ्कबाट अन्तिम स्वीकृति पाएको थियो । सिइओमा नियुक्त ढुङ्गानाले  नविलले नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई प्राप्ति गर्न लागेको प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । ढुङ्गाना गत पुस अन्तिम साता नेपाल बङ्गलादेश बैङ्कको सीईओबाट अवकाश भएका हुन् ।  नेपालको अग्रणी बैङ्क बनेको नबिलमा सिइओ नियुक्त ढुङ्गाना नेपालका अनुभवी बैंकर मानिन्छन्। उनले तीन दशक यस क्षेत्रमा बिताइसकेका छन्।  नेपाल राष्ट्र बैङ्कको निर्देशकबाट राजीनामा दिएपछि उनले निजी क्षेत्रका बैङ्कहरूबाट नयाँ इन्निङ सुरु गरेका थिए।

राष्ट्र बैङ्क छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कको महाप्रबन्धकमा नियुक्त भएका थिए। त्यहाँ एक वर्ष ‘सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बङ्गलादेश (एनबी) बैङ्कमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए।

ढुंगानाले भारतको चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरसम्मको शिक्षा लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार