माओवादी अध्यक्ष प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए।

भेटको समन्वय गरेका गायक चेतन सापकोटाले दुई जनाबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन् । प्रचण्ड र हमालबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको थियो। सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायक बीच भेटघाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता दुबै नायक प्रफुल्ल।’

दुई जनाबीच फिल्मी क्षेत्रका बारेमा पनि कुराकानी भएको थियो। प्रचण्ड र हमालबीच २० मिनेट एक्लाएक्लै कुराकानीसमेत भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार