नेपाली क्रिकेट टोलीले आज ओन्टारियोसँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्ने भएको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअघि नेपालले ओन्टारियोविरद्ध खेल्न लागेको हो । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा ओन्टारियोले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

अभ्यास खेलपछि नेपालले घरेलु टोली क्यानडासँग सोमबार पहिलो एकदिवसीय र मंगलबार एकदिवसीय खेल्दैछ । त्यसपछि नेपालले स्कटल्यान्डमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार