प्रधानसेनापति शर्मा अमेरिकाको भ्रमणमा

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको भ्रमणमा छन् । असार १३ देखि अमेरिकाको औपचारिक भ्रमणमा निस्केका शर्माले असार १५ मा वासिङ्गटन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण गरे ।

प्रधानसेनापति शर्माले असार १५ मा संयुक्त राज्य अमेरिकाको डिफेन्स युनिभर्सिटी र वार कलेजको भ्रमण गरेका छन् । नेशनल डिफेन्स युनिभर्सिटी वासिङ्गटन डीसीमा छ । सो अवसरमा उनले अमेरिकाको ‘नेशनल वार कलेज’ का कमाण्डेन्ट ब्रिगेडियर जनरल जेफ हर्लबर्टसँग भेटवार्ता गरेका छन् ।

लेबनान र सिरियामा नेपाली शान्ति सैनिकले खेलेको भूमिका अवलोकन गरेर शर्मा अमेरिका पुगेका हुन् । उनी अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा अमेरिका भ्रमणमा गएका हुन् । नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणलाई ‘सद्भावना भ्रमण’ भनेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापतिले न्यावल वार कलेज, इजेनहोर स्कुल अफ नेशनल सेक्युरिटी एण्ड रिसोर्स स्ट्रेटेजी र नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्रेटेजिक स्टडिजका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार