शेखर कोइराला पक्षको बैठक : रचनात्मक बिद्रोहको चेतावनी

देउवा काँग्रेसको भन्दा बढी गठबन्धनको सभापति भएको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसभित्र शेखर कोइराला पक्षले विद्रोहको चेतावनी दिएको छ । सभापति शेरवहादुर देउवाले एकलौटी गरेको र सिंगो पार्टीको नेतृत्व गर्न नसकेको भन्दै कोइराला समूहले रचनात्मक बिद्रोहको चेतावनी दिएको हो ।

बिहिबार बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह गर्नुपर्ने कुरा समेत उठेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेम शुक्रवारको बैठकले टुंगो लगाउँने बताइएको छ । शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने भएको छ । देउवा कांग्रेसको सभापतिभन्दा पनि गठबन्धनको सभापतिको भूमिकामा देखिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार