चिनियाँ नागरिकले पोखरामा चलाएको कम्पनीमा प्रहरीको छापा

काठमाडौं । चिनियाँ नागरिकले पोखरामा चलाएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ ।कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले छापा मारेको हो ।

पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ । प्रहरीले कम्पनीमा कार्यरत तीन जना चिनियाँ र ७५ नेपाली नागरिकलाई सोधपुछ गरिरहेको छ ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार