नेपाल इन्भेष्टमेन्ट-मेगा र ग्लोवल आइएमई -बिओकेलाई राष्ट्र बैंकले दियो मर्जरको सैद्दान्तिक सहमति

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोवल आइएमई -बैंक अफ काठमाण्डूलाई मर्जरको सैद्दान्तिक सहमति दिएको हो । बुधबार बसेको सञ्चालक समितिको बैठकले इन्भेष्टमेन्ट र मेगा तथा ग्लोवल र बिओकोलाई मर्जरमा जान सैद्दान्तिक सहमति दिएको हो ।

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबिच गत असार २ गते मर्जर सहमति भएको थियो । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच १:१ को अनुपातमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको हो । अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ । बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड छ ।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ। मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ। चैतको तथ्यांकका आधारमा बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ। ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने छ। २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भने गत जेठ २७ गते मर्जरमा जाने सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।
चुक्ता पुँजीका आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने जनाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार