काँग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्ने

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । समितिका संयोजक समेत रहेका खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको भन्दै त्यसअघि परिचालन समितिको बैठक बस्न लागेको बताइएको छ ।परिचालन समितिले केन्द्रीय कार्यसमितिमा स्थानीय निर्वाचनको प्रतिवेदन बुझाउने बुझाउने छ ।

यता नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् ।बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा बस्ने भेलामा विशेष गरी देशको पछिल्लो आर्थिक अवस्थाको विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसभित्र कोइराला पक्षले यसअघि नै अर्थमन्त्री जनार्दन शर्माका कारण अर्थतन्त्र समस्यामा परेको निष्कर्ष निकाल्दै शर्मालाई अर्थमन्त्रीबाट हटाउनु पर्ने बताउँदै आएको छ ।

यस्तै, आजको बैठकमा पार्टीको आन्तरिक मामिला र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि विधानअनुसार गठन गर्नुपर्ने मनोनीत तथा विभाग र समितिहरू गठन नगरेकोमा पनि कोइराला पक्षले आपत्ति जनाउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार