सिभिल क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शोभना घिमिरे

सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शोभना घिमिरे नियुक्त भएकी छिन् । कम्पनीको दुई साता अघि बसेको संचालक समिति बैठकले घिमिरेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

घिमिरेले एनआइसी एसिया बैंकबाट बैंकिङ यात्रा सुरु गरेकी थिईन् । गत माघ महिनाबाट सिभिल बैंकमा स्ट्राटेजिक म्यानेजमेन्ट अफिसरको रुपमा उनले काम गर्दै आएकी थिईन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

उनको कार्यकालमा कम्पनीले थप उचाई पाउने विश्वास लिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले विगत १३ वर्षदेखि प्राथमिक सेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापन कार्य, सेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार