नेपालमा शनिबार थप ८ हजार १६७ जनामा कोरोना पुष्टि, १८७ जनाको मृत्यु

५ हजार ४५५ संक्रमित निको

नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ९७१ पीसीआर र ५७७ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ५ हजार ४५५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन् भने ६७५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २७ लाख ५१ हजार ४८१ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार