नवयुग र भरत अमेरिका प्रस्थान

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकाका लागि प्रस्थान गरेका छन् । अमेरिकामा हुने अमेरिका कन्भेन्सन (एनएसीै) फुटबल प्रतियोगिता खेल्न बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेल्न दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् । हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार