बेल्जियमका रोमेलु लुकाकु इन्टरमा अनुबन्धित

इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७।५ मिलियन पाउन्डमा चेल्सीमा पुनस् अनुबन्धित भएका थिए ।  लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा उनले ८ गोल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार