लागु औषधसहित एक जना पक्राउ

सुर्खेत प्रहरीले लागु औषधसहित एक जनालाई नियन्त्रणका लिएको छ । दैलेखको दुल्लु नगरपालिका –१ सातखम्बका २० वर्षीया दिनेश शाही प्रदेश राजधानी वीरेन्द्रनगरबाट पक्राउ परेका हुन् । हाल उनी वीरेन्द्रनगर नगरपालिका –३ मुसुरीखेत बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीकाअनुसार उनलाई सोधपुछ गरेर शरि खानतलासी गर्दा उनको साथबाट ८ ग्राम ७८० मिलिग्राम र शुद्ध ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कार्कीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार