विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा खाणले प्राकृतिक प्रकोपबाट जनधनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले एकीकृत प्रयास गर्न आग्रह गरेका छन् ।

भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै खाणले भने–‘सड्क, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकाय तयारी अवस्थामा बस्नुपर्छ ।’

बैठकमा विपद् प्रतिकार्यमा संलग्न सरकारी निकायहरुले आफ्नो पूर्वतयारी बारे जानकारी गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार