काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा हैजा संक्रमण हुने व्यक्तिको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार