अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

बैतडीको डिलाशैनी गाउँपालिका–६ को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् । सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी–६ का मोटरसाइकल चालक ३५ वर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० वर्षीय मनोरथ नाथ रहेका छन् । यसैगरी, दार्चुलाको लेकम –१ सिजालीका ३२ वर्षीय मानसिंह कार्की र उनकै ३० वर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार