एउटै नम्बरका दुई मोटरसाइकल जब ट्राफिक जाममा रोकिए…

बुधबार बिहान काठमाडौँको गौशालामा एउटै नम्बर प्लेटका दुई पल्सर मोटरसाइकल ट्राफिक जाममा परे । दुई वटा पल्सर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर लेखिएको स्पष्ट देखिन्थ्यो । दुवै मोटरसाइकलमा रेनकोट ओढेका व्यक्ति सवार थिए । रेनकोटमै सवार एक व्यक्ति अर्को  मोटरसाइकलको नम्बर प्लेट हेर्दै थिए ।

त्यसैबिच काम विशेषले चाबहिलतर्फ जाँदै गरेका प्रदीपजंग कार्की पनि ट्राफिक जाममै फसेका थिए । उनले आफू भन्दा अगाडि सो दृश्य देखे । उनी झट्ट हेर्दा नै अचम्मित भए । त्यसपछि उनले सो तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे । हाल उक्त तस्बिर भाइरल भएको छ ।

साथै उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।  ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीवदास शर्माका अनुसार जहाँ पनि त्यो नम्बर प्लेटका मोटरसाइकल देखिए नियन्त्रणमा लिन तीनवटै जिल्लामा निर्देशन दिइसकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार