नबिलमा नेपाल बंगलादेश बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश (एनबी) बैंक गाभ्नको लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो । बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले सञ्चालक समितिले गाभ्नको लागि अन्तिम स्वीकृति दिएको पत्र नबिल बैंक तथा एनबी बैंकमा पठाउने छ । नबिल बैंक स्रोतका अनुसार राष्ट्र बैंकबाट पत्र आएपछि एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढ्ने छ । नबिल बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरेको जनाएको छ । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबारको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुमति लिनुपर्छ ।

२९ पुस २०७८ मा नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा प्राप्तिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता सेयर हुने गरी सहमति भएको थियो । यी दुई बैंकको मर्जरपछि नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ७३ करोड रुपैयाँ भन्दा माथि हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार